शारीरिक सुगठन टोली थाइल्यान्ड जाने

आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार थाइल्यान्डको पटाया जाने भएको छ ।
प्रतियोगिताको शारीरिक सुगठनतर्फ पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, फिटनेस विधाको १७५ सेन्टीमिटर विनोद वज्राचार्य तथा फिटनेस फिजक्सको १७० सेन्टीमिटरमा विमललाल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । महिलाको मोडल फिजिक्स १७० सेन्टीमिटरमा ननिता महर्जनले भाग लिने छिन् ।
टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी छन् । अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार बिदाइ गरे । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना गर्ने प्रतियोगिता मंसिर १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373