शारीरिक सुगठन टोली माल्दिभ्स जाने
एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।
जुलाई १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा उमेश राई र राजु राई तथा महिलामा सुजिता मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेशकुमार राजभण्डारी तथा जजमा विजयलाल कायश्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्ट रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ भने कोंग्रेसमा सहभागी हुन यसअघि नै माल्दिभ्स प्रस्थान गरिसकेका छन् ।
फेसबुक प्रतिक्रिया