शारीरिक सुगठन: नेपाली सेना टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी शारीरिक सुगठन प्रतियोगितामा नेपाली सेना ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ ।

सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जितेका छन् । उनले एपिएफका राकेश श्रेष्ठलाई पछि पार्दै स्वर्णमा आफ्नो नाम लेखाएको हुन् । नेपाल पुलिसका रत्न सुन्दर नायकुसीले तृतीय स्थान प्राप्त गर्दै कास्य पाए ।
८० केजी माथीको तौल समूहमा नेपाली सेना, लुम्बिनी र एपिएफले स्वर्ण रजत र कास्य जिते । सेनाका उमेश राईले स्वर्ण जिते । धर्मश्री बिजेता उनी मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपका पनि समूह विजेता हुन् । लुम्बिनीका बिष्णु निशाद र एपिएफका आदित्य ठाकुर दोश्रो र तेश्रो भएका हुन् ।
स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशले स्वर्ण जित्यो । गण्डकीका प्रदीप रेग्मीले नेपाल पुलिसका सुकदेव कार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । यस्तै एपिएफका किरण सुवालले रजत जिते । १७० सेमी माथीको विधामा प्रदेश १ ले बाजी मा¥यो । औतार श्रेष्ठले प्रदेश १ का लागि स्वर्ण जितेका हुन् । एपिएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डङ्गोलले कास्य पाए ।


महिला मोडल फिजिक तर्फ नेपाली सेनाकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कास्य जिते ।
महिला शारीरिक सुगठनमा एपिएफकी पुजा श्रेष्ठले बाजी मारिन् । उनले सेनाकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् । प्रदेश १ की रजनी श्रेष्ठले कास्य जितिन् ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420