शारीरिक सुगठन पदक विजेता सदस्य–सचिवको बधाइ

काठमाडौं, पुस १९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे ।
थाइल्यान्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स १ सय ६० सेन्टीमिटरमा स्वेता कपालीले रजत जितेकी थिइन् । स्वेताको स्पर्धामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ८ राष्ट्रका ९ खेलाडी सहभागी पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्यले कांस्य जितेका थिए । दुवै नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420