Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

शिक्षकका लागि ह्याण्डवल प्रशिक्षण सुरु

पोखरा ४ मंसिर ।
विद्यालय ह्याण्डवल संघ कास्कीको आयोजना तथा नेपाल ह्याण्डबल संघको सहयोगमा शनिवार देखि पोखरामा विद्यालयका शिक्षकका लागि ह्याण्डबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विद्यालयमा ह्याण्डबल खेलको विकास एवम प्रवद्र्धन गर्न ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण सुरु गरिएको हो ।
कार्यक्रमलाई उदघाटन गर्दै कास्की जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमले अतिरिक्त कृयाकलापका लागि विद्यालयमा खेलकुद महत्वपूर्ण रहे पनि शिक्षक नहुँदा समस्या रहेको बताए । उनले ह्याण्डबल खेल लोकप्रिय खेलको रुपमा विकास भएकोमा प्रशंसा गर्दै सामुदायिक विद्यालयमा समेत यसको विकासमा ध्यान पुर्याउने वताए ।
सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले ह्याण्डबल खेल नेपालमा लोकप्रिय खेलको रुपमा स्थापित भइरहेकोले अव यसलाई विद्यालय तहमा पु¥याएर नयाँ खेलाडीहरु उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिने बताए । ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम ह्याण्डबल खेल विकासका लागि महत्वपुर्ण रहने समेत उनले बताए ।
कार्यक्रममा वोल्दै अन्तराष्ट्रिय ह्याण्डबल महासंघ (आइ.एच.एफ) का ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमका प्रशिक्षक एवम हङ्गेरियन ह्याण्डबल महासंघका वरिष्ठ प्रशिक्षक इस्ताभान जुहासले महासंघले नेपाललाई विशेष प्राथमिकतामा राखेर यो प्रोजेक्ट प्रदान गरेको बताए । उनले नेपालको ह्याण्डबल खेलमा भइरहेको विकासको प्रशंसा गर्दै ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमले थप खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।
विद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन प्रसाद अधिकारी, सचिव खिम गुरुङ्ग लगाएतले बोलेका थिए । ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रममा कास्की, उदयपुर, बागलुङ्ग, रुपन्देही, नवलपरासी, पर्वत र लमजुङ्गका गरि ४० जना सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । शसस्त्र प्रहरी कालिका गण मालेपाटनको ह्याण्डबल खेल मैदानमा संचालन भएको उक्त प्रशिक्षणमा अन्तराष्ट्रिय ह्याण्डबल महासंघ (आइ.एच.एफ) का ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रमका प्रशिक्षक एवम हङ्गेरियन ह्याण्डबल महासंघका वरिष्ठ प्रशिक्षक इस्ताभान जुहास र राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक हिमाल राज दाहालले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण मंसिर ७ गते सम्म संचालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464