शिरिषद्वारा किर्तिमानमा सुधार
नेपाली सेनाका शिरिष गुरुङ्गले २१ औं राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगिताको अन्तिम दिन आफ्नो राष्ट्रिय किर्तिमानमा सुधार गरेका छन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा आफ्नो पुरानो १ मिनट १२.०९ सेकेन्डको रेकर्डमा सुधार गर्दै १ मिनट १२ सेकेन्डमा दुरी पुरा गरे । उनले उक्त रेकर्ड २०१५ मा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेका थिए । यस्तै उनले आफ्नो राष्ट्रिय किर्तिमानलाई बढाउने क्रममा ५० मिटर ब्याक स्ट्रोकमा पुष्पराज शाहीले १४ औं राष्ट्रिय पौडी प्रतियोगिता २००७ मा राखेको ३२.६२ सेकेन्डको समयलाई पछाडी पार्दै ३१.९८ सेकेन्डमा दुरी पुरा गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गरे ।
उनले दोश्रो दिन कुल ४ स्वर्ण जिते । उनले २०० मिटर र ५० मिटर फ्रिस्टायलमा समेत स्वर्ण जितेका थिए । प्रतियोगिता भर ८ स्वर्ण जितेका शिरिषले पहिलो दिन १०० मिटर फ्रि, २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर बटरफ्लाई र २०० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेका थिए ।
यस्तै सोफिया शाहले पनि प्रतियोगितामा कुल ८ स्वर्ण पदक प्राप्त गरेकी गरिन् । पहिलो दिन ३ स्वर्ण जितेकी सोफियाले दोश्रो दिन ५ स्वर्ण हात पारिन् ।
प्रतियोगिताको पहिलो दिन सेनाका किरण कार्की र सुभम श्रेष्ठले राष्ट्रिय रेकर्ड कायम गरेका थिए ।
फेसबुक प्रतिक्रिया