शिवानी चेस आइतबारदेखि

ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आइतबार शिवानी एअर रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको हलमा हुने प्रतियोगितामा कूल १ लाख १० हजार नगद पुरस्कार रहेकोछ । जस अनुसार विजेता प्रथमलाई २५ हजार , दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ७ हजार र पाँचौलाई ५ हजार रहेको छ भने छैटौंदेखि दशौसम्मलाई जनहि ३ हजार प्रदान गरिनेछ । त्यसैगरी विद्यालयका छात्र छात्रातर्फ उत्कृष्ट ५ जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकोछ ।
प्रतियोगिता संचालन गर्न कूल साढे चार लाख खर्च लाग्ने, प्रतियोगितामा उपत्यका बाहिरबाट आउने खेलाडीहरुलाई आबासको व्यवस्था गरिएको छ ।
शिवानी एअरलाईन्सका प्रबन्धक मनिन्द्रलाल रन्जितकारले नगद पुरस्कार प्रायोजन गर्नु भएको छ भने स्वीस लिग प्रणालीमा नवौं चरणसम्म हुने खेलको संचालन अन्तर्रा्ष्ट्रिय आर्विटर बिदुर प्रसाद गौतमले गर्नुहुनेछ । प्रतियोगितामा ३० जिल्लाका २००० मुनि रेटेडका ८० जना खेलाडीहरुको सहभागीता रहनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373