शेर बहादुरलाई पाँच लाख प्रदान

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ ।
लामो समयदेखि कलेजो रोगबाट पिडित सिंहलाई कोषले २ लाख र परिषद्ले ३ लाख गरि नगद ५ लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी गराएका छन् । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई ५ लाखको चेक बिहिबार हस्तारन्तरण गरे ।
कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भईरहेको छ । उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420