शोक वक्तब्य
शोक वक्तब्य
काठमाडौं, असार २७ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको स्वर्गारोहण भएकोमा हामी अत्यन्तै दुखित भएका छौं ।
मुलुकको राजनीतिक परिवर्तनमा उहाँले निर्वाह गर्नु भएको भूमिका अतुल्नीय छ । राष्ट्रले एक परिपक्व आदर्श व्यक्तित्व गुमाएको छ । उहाँको शालीन एवं सरल गुण हामी सबैका लागि अनुकरणीय रहेको छ ।
यस दुखद घडीमा राष्ट्रिय खेलकुद परिषद् शोक सन्त्पत परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्मको चिर शान्तिको कामना गर्दछौं ।
टंकलाल घिसिङ
सदस्य–सचिव
एवं राष्ट्रिय खेलकुद परिषद् परिवार
फेसबुक प्रतिक्रिया