Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

संरक्षक र माहिकालाई आईटीएफको ग्रान्ट

नेपाली लनटेनिस खेलाडी संरक्षकभूषण वज्राचार्य र माहिका राणाले आईटीएफको ग्रान्ड स्ल्याम डेभलोप्मेन्ट फन्डबाट समान १–१ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
ट्राभल ग्रान्ट वापत प्राप्त उक्त रकम बराबरको चेक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले उनीहरुलाई मंगलबार हस्तान्तरण गरे ।
ट्राभल ग्रान्ट वापत दुवै खेलाडीले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने हुन्छ । दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका दुवैले अब तेश्रो प्रतियोगिताका रुपमा आईटीएफ यू–१८ विश्व ¥याङकिङ प्रतियोगिता खेल्न बुधबार सिंगापुर जाँदैछन् । प्रतियोगिता जुलाई १६ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । यसअघि संरक्षक र माहिका दुवैले थाइल्यान्डमा भएको दुई प्रतियोगिता खेलीसकेका छन् ।
सिंगापुरको प्रतियोगितामा संरक्षक र माहिका अलावा माहिकाकी जुम्ल्यहा दिदी मायांकाले पनि प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकका रुपमा सूर्यभूषण वज्राचार्य सिंगापुर जाँदैछन् ।
चेक हस्तान्तरण कार्यक्रमपछि टोलीलाई अध्यक्ष राणा र उपाध्यक्ष पाण्डेले मंगलबारै बिदाइ गरे । टोली बुधबार सिंगापुर प्रस्थान गर्दैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464