सडक दौड भोलि

काठमाडौं, फागुन ६ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् ।
छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट १ सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए ।
छात्र÷छात्रा दुवैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने छन् । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373