सत्र वर्षपछि एनआईएस तालिममा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ ।
त्यसका लागि २५ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य शैलेश कर्माचार्यले उनीहरुलाई शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे ।
तालिममा सहभागी हुनेहरुमा एथलेटिक्सका सन्तोष श्रेष्ठ, ओलम्पिपयन प्रमिला रिजाल र मनराज शाही, कबड्डीका भगवती अधिकारी, तर्कराज भट्ट, मेणुका राजवंशी, नरेशराज अवस्थी र प्रकाश चन्द, हक्कीका कान्तुराम पनेरु र गोविन्द अधिकारी, भारोत्तोलनका विपेन्द्र महर्जन, टेबलटेनिसका आशिष अवाले र अनिता महर्जन, कुस्तीका लक्ष्मी खत्री र रामबाबु यादव, बक्सिङका दिनेश श्रेष्ठ, राजेन्द्र लिम्बू र सुमन वन्जारा, उसुका खेमराज थापा, राजेन्द्रकुमार राई र डम्बर यादव, जिम्न्याष्टिकका भूवन गिरी, फुटबलकी अस्मिता खवास, पौडीका यासिब मानन्धर तथा जुडोकी गायत्री बस्नेत रहेका छन् ।
१७ वर्षपछि राखेपले एनआईएस तालिमका लागि प्रशिक्षक र खेलाडी पठाउन लागेको राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले जनाएका छन् । निर्देशक उप्रेतीले विभिन्न खेलका प्रशिक्षकहरुले अनिवार्य अवकाश पाइरहेको अवस्थामा आगामी दिन पर्याप्त मात्रामा दक्ष प्रशिक्षकको अभाव हुन भएकोले त्यसको परिपूर्ति गर्न पुनः तालिमका लागि टोली पठाइएको बताए ।
सदस्य–सचिव विष्टले विधि र प्रकृया अनुसार टोली छनोट गरिएको बताउदै सहभागीले हासिल गरेको ज्ञान र सीपलाई खेल र खेलाडीको विकासमा प्रयोग गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल ओलम्पियन संघले प्रमिला रिजाललाई ५ हजार नगद सहयोग प्रदान गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420