Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सदस्य–सचिवद्वारा कोषलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई सदस्य–सचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । करिब ४ महिना बराबरको आफूले पाउने सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोर्षलाई प्रदान गरेका हुन् ।


नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्य–सचिवमा नियुक्त गरेको थियो । घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चको अल्पकालीन अन्तरिम अनुसार करिब ४ महिना सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए । सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले भने– ‘काम गर्न नपाएको अवधिको सुविधा लिन त्यत्ति सहज लागेन । खेलाडीकै हितलाई सम्झेर थोरै भएपनि कोष सहयोग होस् भनेर उपलब्ध गराएको हुँ । कोषलाई बलियो बनाउन कार्य योजना बनाउने छु । कोषलाई ठूलो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ ।’
अध्यक्ष श्रेष्ठले सहयोगले सकारत्मक सन्देश प्रवाह गर्ने बताउदै यसले अरुलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा व्यक्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464