सदस्य सचिवद्वारा गुणराजलाई बिदाई
अन्तराष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरे ।
रुचालले भाद्र ४ गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाईटमा ५७ केजी तौल समूहमा कम्बोडियाका खेलाडी थुन ईङ्गलेसंग प्रतिस्पर्धा गर्ने छन् । रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् ।
बुधबार थाईल्याण्ड तर्फ प्रस्थान गर्ने रुचालले थाईल्याण्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । एक हप्ताको प्रशिक्षण पश्चात रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन् ।
बिदाई कार्यक्रममा नेपाल मुवा थाई संघका केन्द्रिय अध्यक्ष गणेश कक्षपती लगायतको उपस्थिती रहेको थियो ।
फेसबुक प्रतिक्रिया