सदस्य सचिवद्वारा बक्सिङ टोलीलाई बिदाइ

यहि २०२२ को मई ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गईरहेको आईबा विश्व महिला बक्सिङ्ग च्यािम्पयनशिपमा सहभागि हुनका लागि चार महिला सहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक सहित जम्मा सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिशिङज्युले बिदाई  गर्नु भयो ।
उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ्ग  ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले व्रिश्वका उत्कृष्ठ बक्सरहरुका बीच आप्mनो चुनौति प्रस्तुत गर्नेछिन् । तामाङ्गले यस अघि पनि आईव युथ वल्र्डच्यािम्पयनशिपमा आप्mनो उत्कृष्ठ प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं. वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् । त्यसै गरी ५२ किलो तौल समुहमा १३ औ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ्ख च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकि मिनु गुरुङ्खले प्रतिष्पर्धा गर्नेछिन भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाईट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन । त्यसै गरी ६० किलो तौल समुहमा भने अल ईन्डिया ओपन च्यािम्पयनशिपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373