सदस्य–सचिवद्वारा मनीषको स्वास्थ्य बारे चासो
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा रहेका जुडो खेलाडी मनीष महतोको स्वास्थ्य स्थिति बारे जानकारी लिदै यथाशीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका मनीषको आइतबार बायाँ खुट्टाको शल्यिक्रिया गरिएको हो। सदस्य–सचिव घिसिङले खेलाडीको हौसला बढाउदै विशेष प्रशिक्षणमा रहेका सबै खेलाडिहरुको विमा भएको कुरा उल्लेख गर्दै हौसला बढाउनु भएको छ।
मनिष १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन्।
फेसबुक प्रतिक्रिया