सदस्य–सचिवलाई जुडोको बधाइ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ दिएको छ । सदस्य–सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्ष भेट गरी जुडो संघका पदाधिकारीले बधाइ दिएका हुन् ।
जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
सो अवसरमा संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई जुडो संघले हासिल गरेको उपलब्धी, प्रशिक्षकको अवस्था, प्रशिक्षण स्थलको समस्या, नेपालगन्जको जुडो एकेडेमीको अवस्थालगायतबारे अवगत गराएका थिए ।
सदस्य–सचिव घिसिङले प्रशिक्षण स्थलका विषयमा तत्काल बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अन्यको हकमा के गर्न सकिन्छ भन्नेमा छलफल गर्ने बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373