सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण

काठमाडौं, साउन ३ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीको तयारी प्रशिक्षण निरीक्षण गरेका छन् ।
सो क्रममा सदस्य–सचिव घिसिङले प्रशिक्षक र खेलाडीलाई तयारी प्रशिक्षण, खाना, बसोवास, समस्यालगायतका विषयमा जानकारी लिएका थिए । उनले खेलाडीलाई १९ औं एसियाली खेलकुदमा नेपालको उपस्थिति गर्विलो बनाउने गरी तयारीमा जुट्न खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309