Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सदस्य सचिव घिसिङद्वारा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको स्वागत

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई शनिबार स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभएको छ ।

उहाँले पाँडेलाई खादा लगाउँदै त्रिपुरेश्वरस्थत सदस्य सचिवको कार्यलयमा स्वागत गर्नुभएको हो । त्यसक्रममा घिसिङले भन्नुभयो, ’देशकै सबभन्दा लोकप्रिय खेलको संस्था एन्फाको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त हुनुभएकोमा तपाईं (नवीन पाँडे) लाई  हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहान्छु । स्वयम्सेवकको भूमिकामा तपाईंको सहयोगमा एन्फाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नाम फैलाउन सकोस्, अरु देश र व्यवसायिक क्लबहरुसँगको सम्बन्ध राम्रो होस् ।’

पाँडे जर्मन एनअआरएन हुन् । सदस्यसचिव घिसिङले नेपाल र जर्मनीवीच   संस्था र सरकारको तहमा खेलकुद विकासको लागि सम्बन्ध विस्तार गर्नको लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

अर्बपति अमेरिकी वारेन वफेटको कम्पनी टीटीआई युरोपमा निर्देशकसमेत रहेका पाँडेले नेपाली फुटबल र खेलकुदको विकासको लागि सदैव पहल र सहयोग गर्न तयार रहेको तथा गरिरहेको बताउनुभयो । उहाँले ४ वर्षअघि पनि छोटो समय एन्फामा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेपछि राजिनामा दिनुभएको थियो ।

ए डिभजन क्लब हिमालयन शेर्पामार्फत नेपाली फुटबलमा फर्किनुभएका उहाँ कपनमा सञ्चालित काठमाडौं किकर्सका अध्यक्ष पनि हुन् । किकर्सले स्कटिस कोच ली मेन्सन (युईएफए बी लाइसेन्स) ल्याएर कपअन स्पोर्टस सेन्टर, कपनमा फुटबल एकेमेमी सञ्चालन गरिरहेको छ, जहाँ यु ज्ञद्द, यु ज्ञद्ध र यु ज्ञट मा ज्ञ सय खेलाडीले नियमित अभ्यास गरिरहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464