Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सदस्य–सचिव घिसिङद्वारा पदवहाली

काठमाडौं, मंसिर १४ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए ।
घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सहि र सरल ढंगले अगाडि बढाउनु पर्ने बताउदै खेलाडीको मनोबल उच्च बनाउन र पूर्वाधार विकासमा जोड दिनु पर्ने बताए । मन्त्री गहतराजले मन्त्रालयसंग जवाफदेही हुँदै खेल संघसंग घनिष्ठ सम्बन्ध राख्दै काम अगाडि बढाउनु पर्ने बताउदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपले एउटा योग्य नेतृत्व पाएको धारणा व्यक्त गर्दै नवनियुक्त सदस्य–सचिवलाई अवसर र चुनौती दुवै रहेको बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले विद्युतमा कुलमान घिसिङले जस्तै खेलकुदमा नवनियुक्त सदस्य–सचिवले उदाहरणीय र प्रशंसनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त सदस्य–सचिव घिसिङले नेपाल सरकारले जुन विश्वास र जिम्मेवारी सुम्पिएर पठाएको छ त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय टोलीको सुधार गर्नु पर्ने आवश्यकता औल्याए । नेपाल रग्बी संघका अध्यक्ष घिसिङले उक्त पदबाट राजिनामा दिइसकेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464