सदस्य–सचिव ढकालद्वारा पदवहाली

काठमाडौं, कात्तिक २२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।
कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा ९१२० बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव हुन् ।
पदवहालीपछि सदस्य–सचिव ढकालले नवौं राष्ट्रिय खेलकुद र आ।व। २०७८÷७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्य–सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309