सदस्य–सचिव र बंगलादेश प्रतिनिधिबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आएका बंगलादेश एथलेटिक्स टोलीका प्रतिनिधिसंग आइतबार भेट गरेका छन् ।
सदस्य–सचिव घिसिङले बंगलादेश क्रिरा शिख्खा प्रोतिष्ठानका ट्रेनिङ डाइरेक्टर कर्णेल मोहम्मद मिजानुर रहमान र बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सकी लेक्चरर फर्हाना बेन्टी बरीलगायत तीन सदस्यीय टोलीसंग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकोमा धन्यवाद दिदै स्वागत गरे । बंगलादेश टोलीले सदस्य–सचिव बंगलादेश एथलेटिक्सका बारेमा संक्षिप्त जानकारी गराउदै सदस्य–सचिव घिसिङलाई बंगलादेश भ्रमणका लागि आग्रह गरे । दुई पक्षबीच मायाको चिनो पनि आदान–प्रदान गरिएको थियो ।
एथलेटिक्स परिवार, नेपालको आयोजनामा सोमबारदेखि च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । च्याम्पियनसिपमा बंगलोदशबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी सहभागी हुँदै छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373