सदस्य–सचिव विष्टद्वारा खेल पूर्वाधारको सिलान्यास र निरीक्षण

काठमाडौं चैत ४ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सुनसरीको बराह नगरपालिका वार्ड नं. ९ स्थित राजावासमा शुक्रबार कभर्डहलको सिलान्यास गरेका छन् ।
सरस्वती माविको ७ कट्ठा १५ धुर जग्गामा बन्न लागेको उक्त कभर्डहलले ५० गुणा ११० वर्गमिटर क्षेत्रफल ओगट्ने पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीले जानकारी गराए । करिब २ हजार दर्शक क्षमता रहने कभर्डहल स्थानिय र राखेपको साझेदारीमा निर्माण गर्न लागिएको हो । कुल लगानीमा स्थानियको ७० प्रतिशत र राखेपको ३० प्रतिशत लगानी रहने बताइएको छ ।
६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको राजावास कभर्डहल निर्माण समितिका अध्यक्ष जयेश राईलाई उद्धघृत गर्दै सदस्य बुढाथोकीले जानकारी गराए ।

भलिबल कोर्टको सिलान्यास ः

इनरुवाको बलाह बहुमुखी क्याम्पसमा निर्माण गर्न लागिएको भलिबल कोर्टको पनि सदस्य–सचिव विष्टले शुक्रबारै सिलान्यास गरे ।
८ कट्ठा १५ धुर क्षेत्रफलको जग्गालाई घेराबारा र २ भलिबल कोर्ट निर्माण गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष पोष्टकुमार नेपालले सदस्य–सचिव विष्टलाई जानकारी गराएका थिए । त्यसमा सदस्य–सचिव विष्टले राखेपको तर्फबाट १५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच सदस्य–सचिव विष्टले रामधुनी नगरपालिका वार्ड नं. ९ स्थित धुरा खेल मैदान, बक्लौरीस्थित आदर्श उमाविको खेल मैदान, इटहरी रंगशाला हाता भित्र रहेको तेक्वान्दो भवनको प्यारापिट ढलाइको पनि निरीक्षण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373