सदस्य–सचिव विष्टलाई सातौं डान

विश्व मार्सल आर्ट हाप्किडो महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई शनिबार मानार्थ सातौं डान प्रदान गरेको छ ।
नेपाल मार्सल आर्ट हाप्किडो संघले कपनको जोसेफ स्कुलमा आयोजना गरेको प्रथम राष्ट्रिय हाप्किडो टेक्निकल सेमिनारको समापनका अवसरमा महासंघका अध्यक्ष ग्रान्ड मास्टर डि ह्युनले सदस्य–सचिव विष्टलाई मानार्थ डानको प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर र अकल तामाङलाई पनि मानार्थ सातौं डान प्रदान गरिएको थियो ।
एकदिने सेमिनारमा करिब ५ सयको सहभागिता रहेको संघले जनाएको छ । ह्युनसहित सातौं डान मास्टर जियोङ कब्सियोकले सेमिनार सञ्चालन गरेका थिए । त्यसमा प्यारागन पब्लिक स्कुलकी सिमोन्सा श्रेष्ठ र जाङमो शेर्पा उत्कृष्ट चुनिए । सेमिनारमा सहभागीलाई सदस्य–सचिव विष्टले प्रमाण पत्र प्रदान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309