सदस्य–सचिव विष्ट र समनबीच भेट

काठमाडौं माघ ३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र श्रीलंकाको खेलकुद मन्त्रालयका डारेक्टर जेनरल समन बन्दराबीच सोमबार भेटवार्ता भएको छ । भेट श्रीलंकाको कोलम्बो सेभेनस्थित खेलकुद मन्त्रालयमा भएको कोलम्बोबाट राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
भेटमा सदस्य–सचिव विष्टले दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप आयोजना गरेकोमा धन्यवाद दिदै १२ औं दक्षिण एसियाली खेलकुदमा श्रीलंकाले दोश्रो स्थान हासिल गरेकोमा बधाइ दिएको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । सदस्य–सचिव विष्टले समनलाई नेपाल आउन निम्तो दिएका थिए । नेपाल र श्रीलंका मिलेर खेलकुदको क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
समनसंगको भेटमा सदस्य–सचिव विष्टले नेपाली क्रिकेट प्रशिक्षकलाई श्रीलंकामा प्रशिक्षणका लागि व्यवस्था मिलाइ दिन आग्रह गरेका थिए । यस विषयमा समनले श्रीलंकाली क्रिकेट बोर्डसंग सल्लाह गर्ने बताए ।
सोमबारै सदस्य–सचिव विष्टले श्रीलंकाली ओलम्पिक कमिटीका पदाधिकारीसंग पनि भेट गरेका थिए । सो अवसरमा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुदका विषयमा छलफल भएको प्रेस सल्लाहकार दाहालले जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373