सन्जु प्रति श्रद्धाञ्जली

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी स्व. सन्जु चौधरीको १३ औं दिनको पुण्य तिथिमा आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जली सभा आयोजना गरियो । सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्व. सन्जु एक मात्र नेपाली महिला खेलाडी हुन् ।


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षणलगायतले स्व. सन्जुको तस्वीरमा फूलमाला, अविर र पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । बाँके निवासी सन्जुको गत बैशाख २७ गते २२ वर्षको अल्पायु उमेरमा निधन भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309