सन साईन कप करातेको उपाधी योङ्ग हार्ट्सलाई

सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।
प्रथम हुन सफल योङ हार्ट्सले ११ स्वर्ण, ५ रजत र ७ कास्य, टिम दोस्रो हुन सफल मदर्स ईन्टरनेसनल स्कुलले ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक तथा टिम तेस्रो हुन सफल नव दिक्षित पाठशालाले ३ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्न सफल भयो भने अनुशासित टिमको उपाधि मेन डोजो चक्रपथले जित्न सफल भयो ।
उत्कृष्ट खेलाडीको उपाधी पुरुष तर्फ योङ हार्ट्सका समीर लामा तथा महिलामा रन्जना चाम्लिङले जितिन् । उदयीमान खेलाडीको उपाधि ग्लोबल भिजनका रोशन लामा तथा एभरेस्ट स्कुलकी प्राथर्ना बज्राचार्यले जित्न सफल भए ।
प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी, विधालयका प्रधानध्यापक बाबुराम गौतम, वादोरियो कराते डो संघका उपाध्यक्ष यादबलाल श्रेष्ठ, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, प्रशिक्षक सूर्य राई, केन्द्रीय सदस्य लक्ष्मी रिजाल शर्मालगायतले पुरस्कृत गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309