सफ्ट टेनिस : डबल्समा प्रहरी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुदै कास्य पदक प्राप्त गरे ।
यस अघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश नं. १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवशे गरेका छन् । यस्तै महिला तर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपिएफकी समृद्धि महर्जनले फाईनलमा स्थान बनाएका थिए ।
फेसबुक प्रतिक्रिया