सफ्ट टेनिस महिला पुरुष डबल्स
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार सफ्ट टेनिसतर्फ सेमिफाइनल पुरुष महिला डबल्सका खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत पुरुषतर्फ नेपाल पुलिसका कमल भण्डारी र नौंबहादुर लुङगेलीको जोडीले गण्डकी प्रदेशका शक्ति शर्मा र धरमबहादुर लामिछानेको जोडीलाई तथा प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहोराले वाग्मती प्रदेशका प्रदिप खत्री र ब्रिजेश पाण्डेको जोडीलाई समान ५–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे।
त्यस्तै महिला डबल्सतर्फ लुम्बीनी प्रदेशकी रितिका चौधरी र विमला पन्थीले ५–२ को सेटमा नेपाल पुलिसका विष्णा भण्डारी र सिसम चन्दलाई हराए ।
त्यस्तै एपिएफका भगवती विक र समृद्धि महर्जनले ५–१ को सेटमा १ नं.प्रदेशका श्रेया योञ्जन तथा श्रेया राईको जोडीलाई पछि पार्दै फाइनल यात्रा गरे।
उनीहरु बीच फाइनल लागि मंगलवार विहान साढे ८ बजे प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।
यसअघि प्रतियोगिता अन्र्तगत महिला पुरुष सिंगल्स तर्फका खेलहरु सम्पन्न भइसकेका छन् भने मिक्स डबल्स्का खेलहरु सोमवारबाट सुरु गरिएका छन् ।
फेसबुक प्रतिक्रिया