समयमै सातौं गर्न माग

पूर्वाञ्चल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद समयमै गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
पूर्वाञ्चल खेलाडी संघका अध्यक्ष राम लिम्बूलगायतको टोलीले सो सम्बन्धी ज्ञापन पत्र मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्वाललाई हस्तान्तरण गरे । कट्वाल मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई बुझाउने गरी ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।
जिल्ला छनोट सम्पन्न भइसकेको अवस्थामा पटकपटक राष्ट्रिय खेलकुद स्थगित हुँदा खेलाडीहरुको मनोबल गिरेकोले मंसिरभित्रै सातौं राष्ट्रिय खेलकुद हुनु पर्ने माग गरिएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373