सम्माननिय प्रधानमन्त्रीज्यूबाट ट्रफी सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूबाट नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी शुक्रबार एक कार्यक्रमका विच वालुवाटारमा सार्वजनिक गरे ।
ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा राखेपका संरक्षक सम्माननिय प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए ।
५ केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द २ तोला सुनले कुँदिएको स्वर्ण शब्द सहित काठको बेसमा वनाईएको छ । ट्रफी १० लाख मुल्य बराबर रहेकोे छ ।
राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटिका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं आफ्नो समयका एथलेटिक्सका खेलाडी श्री निलेन्द्र राज श्रेष्ठ रहेका छन् । ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिनको समय ब्यतीत गरेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ ।
ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृती अनुरुप कुनैपनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरे पश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ ।
ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागिय टोली र एनआरएनएमा परिक्रमा गराईने छ ।
ट्रफी टुर कार्यदलमा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका चार स्वर्ण पदक प्राप्त गर्दै इतिहास रच्न सफल तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्का, अल्ट्राधावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही रहेका छन् । कार्यदलले राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेशमा मुख्य मन्त्रीको उपस्थितीमा, तीन विभागिय टिमको मुख्य कार्यालयमा प्रमुखको उपस्थितीमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309