Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सर्वाधिक धनराशीको धर्म श्री अशोजमा

सर्वाधिक धनराशी ५ लाख प्रथम पुरस्कार रहेको धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता अशोजको दोश्रो साता हुने भएको छ ।
शारीरिक सुगठनका अध्येता शहिद धर्म भक्त माथेमाको सम्मानमा २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा २०४२ साल देखि सुरुवात गरिएको धर्मश्री शारीरिक सुगठन चौधौं धर्मश्रीको रुपमा अशोज १३ र १४ गते आयोजना गरिन लागेको हो ।
प्रत्येक खेलाडी भित्र एक पटक धर्मश्री हुन लालायित रहने शारीरिक सुगठनकै सम्मानित प्रतियोगितामा करिव ४०० खेलाडीहरुको सहभागिता रहने व्यायाम मन्दिरद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथि गरि ७ तौल समूहमा प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट २÷२ खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा धर्मश्रीको लागि प्रतिस्पर्धा गर्ने जारी बिज्ञप्तीमा जनाईएको छ ।
करिब ३४ लाख अनुमानित बजेट भएको प्रतियोगितामा धर्मश्री उपाधी प्राप्त गर्ने खेलाडीले नगद ५ लाख, दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ८० हजार, पाँचौंले ७५ हजार, छैटौंले ६० हजार, सातौले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै तौल समूहमा दोश्रो स्थान हात पार्ने प्रत्येकले नगद २० हजार तथा तेश्रो हुनेले १५ हजार प्राप्त गर्ने छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464