Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

साँसद बराललाई राखेप कर्मचारी संघको बधाई तथा शुभकामना

हालै सम्पन्न आम चुनाव मार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी माननिय प्रकाश बराललाई सोमबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । साँसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ खादा, माला लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।


साँसद बरालले सार्वजनिक जीवनमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकुदकै कारण समाजमा प्रतिष्ठित भएको र यसैका कारण निर्वाचनमा जित प्राप्त गर्न सफल भएको भन्दै खेलकुद क्षेत्र र कर्मचारी साथीहरुको सदा माया र ममता पाईरहने विश्वास ब्यक्त गर्दै आगामी दिनमा अझ उदाहरणिय कार्य गर्न प्रेरणा मिल्ने बताए ।
कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले साँसद बरालले खेलकुदमा कार्य गर्दा र कर्मचारी संघमा रहेर कार्य गर्दा सदा खेलकुद र कर्मचारी हकहितका लागि समर्पित रहेको भन्दै आगामी दिनमा सामाजिक तथा राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागिय प्रमुखहरु तथा कर्मचारीहरुले साँसद बराललाई माला, खादा र अविर लगाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464