साइक्लिङ : आर्मी र एपिएफलाइ स्वर्ण

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् ।

आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।

सात प्रदेश र तीन विभागिय गरि दश टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373