Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

साइक्लिङ : हिक्मत बिकलाइ स्वर्ण

आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।
आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा२३ मिनेट १८ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
त्यस्तै एपिएफकी हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरि १ घण्टा २९ मिनेट ३८ सेकेण्डमादुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र बागमतीले १ पदक जितेको छ । कास्य पदक तर्फभने एपिएफले ४, आर्मीले ३ र गण्डकीले १ पदक जित्न सफल भएको छ ।
विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरि नेपाल आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464