सागका लागि समिति गठन

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आवश्यक तयारीलगायतका कार्य गर्न प्रधानमन्त्री र युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा व्यवस्थापिका संसदका सभामुख, प्रमुख विपक्षी दलका नेता, विभिन्न मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य (खेलकुद हेर्ने), नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्रीबाट आवश्यक संख्यामा तोकिएका विभिन्न क्षेत्र महानुभावहरु सदस्य रहने गरी उच्चस्तरीय अनुगमन तथा व्यवस्थापन समिति गठन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालका सचिव सदस्य–सचिव रहने उक्त समितिको कार्यदेश १३ औं साग आयोजना तथा सञ्चालनलाई व्यवस्थित, भब्य र सफल बनाउने सम्बन्धमा आवश्यक समन्वय गर्ने तथा आवश्यकता अनुसार निर्देशन दिने रहेको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा प्रतियोगिता व्यवस्थापनसंग सम्बन्धित पक्षलाई समावेश गरी तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिको सदस्य–सचिवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रहने व्यवस्था छ ।
सो समितिको कार्यदेश सागका लागि अर्थ मन्त्रालयको सहमतिमा योजना तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने, भौतिक खेल पूर्वाधारको निर्माण, मर्मतलगायतका कार्यहरुका लागि आवश्यक निर्देशन दिने, समावेश गरिने खेलहरुको सूची स्वीकृतिका लागि पेश गर्ने, खेलस्थल तोक्ने, लोगो÷मस्कटलगायत सफ्टवेयर निर्माण गर्न स्वीकृतिका लागि पेश गर्ने, समारोह व्यवस्थापन गर्ने÷गराउने, विभिन्न समिति, उपसमितिहरु गठन गरी कार्यदेश तोक्ने र अनुगमन गर्ने, खेलाडी प्रशिक्षणको व्यवस्थापन गर्ने लगायत छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309