सागलाई सफल बनाउन सबै लाग्नु पर्छ : विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद    (साग) लाई सफल बनाउन सबै प्रयारत हुनु पर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित १३ औं साग सचिवालयले सोमबार आयोजना गरेको १३ औं सागमा सहभागी हुने खेल संघहरुसंग तयारी सम्बन्धी अन्तरक्रियामा मन्त्री विश्वकर्माले भने– ‘साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास छ । यसलाई कायम राख्न हमी सबै प्रयासरत हुन जरुरी छ ।’
मन्त्री विश्वकर्माले सागका लागि मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउदै पूरै सामाथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए । उनले ५÷७ दिनमा सागको कार्यविधि आउने बताउदै आवश्यकता अनुसारको उपसमिति पनि गठन गरिने बताए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नवनिर्मित अडिटोरियम हलमा भएको कार्यक्रममा सागमा समावेश विभिन्न २७ खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरुको सहभागिता थियो । त्यस अवसरमा सहभागीहरुले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामाग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनु पर्नेलगायतका विषयमा सुझावसहितको आ–आफ्नो धारणा राखेका थिए ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भब्यताका साथ सम्पन्न गर्नु सबै नेपालको दायित्व र जिम्मेवारी भएको बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालकै कारण साग नरोकिने बताउदै वर्तमान सदस्य–सचिवको कार्यशैली प्रशंसनीय रहेको बताए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठासंग जोडिएको सागलाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यन्वयन गर्नेतर्फ केन्द्रीत हुने बताउदै सागलाई परिणामुखी बनाउन प्रयासरत रहने बताए । उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभाग मातहत रहेका खेल पूर्वाधार आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउदै सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373