साग पदक विजेता कबड्डी टोली सम्मानित

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डीमा पदक जित्न सफल नेपाली महिला टोलीलाई नेपाल कबड्डी संघले सम्मान गरेको छ ।
१२ खेलाडीसहित २ प्रशिक्षक र १ टिम व्यवस्थापकलाई १–१ थान ट्रयाकसुट र प्रशंसा पत्र प्रदान गरियो । नेपालले कांस्य जितेको थियो । नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी कबड्डीमा एक खेल जितेको नेपालले पाकिस्तानलाई हराएको थियो ।
कबड्डी संघद्वारा आयोजित टेक्निकल अफिसियल ट्रेनिङ कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कबड्डी संघकी अध्यक्ष तुल्सी थापाले खेलाडीलगायतलाई सम्मान गरे । पाँददिने कोर्षमा ४६ पुरुष र २० महिला गरी ६६ जना सहभागी भएको कबड्डी प्रमुख प्रशिक्षक विमलकुमार पोखरेलले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373