सातौंको गीत सार्वजनिक

काठमाडौं, असोज २ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को गीत आइतबार सार्वजनिक गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीतको सीडि संयुक्त रुपमा विमोचन गरे ।
सो गीत वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल र राखेपका प्रेस सल्लाहकार रोहित दाहाल सदस्य रहेको तीन सदसयीय छनोट समितिले छनोट गरेको हो । गीतका लागि आव्हान गर्दा प्राप्त ५ मध्ये उक्त गीतलाई छनोटमा परेको हो । टंक उप्रेतीको शब्द र सुमित खड्काको स्वर रहेको गीतलाई मनराजा नकर्मीले संगीत भरेका छन् ।
सोही अवसरमा सातौं राष्ट्रिय खेलकुदको जिंगल पनि सार्वजनिक गरिएको थियो । राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुँदैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309