सातौं राष्ट्रिय खेलकुदको ब्रिफिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीलाई पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदका सम्बन्धमा भएका कार्य प्रगति बारे शुक्रबार जानकारी गराएको छ ।
सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले राष्ट्रिय खेलकुदको नारा, मस्कट, उद्घाटन÷समापन कार्यक्रम, राष्ट्रिय प्रतियोगिताको आवश्यकता, जिल्ला÷क्षेत्रीय छनोटको कार्य तालिका, मुल आयोजक समिति÷कार्यकारी समिति÷विभिन्न उपसमितिको काम कर्तब्य, समावेश खेल, इभेन्ट र खेल स्थल, प्रदर्शनी खेल, बजेट, सम्पन्न भएका खेलहरु, चुनौतीलगायतका विषयमा मन्त्री श्रीपालीलाई औपचारिक रुपमा जानकारी गराएका थिए । सो अवसरमा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, सह–सचिव चूडामणि पौडेल, राखेपअन्तर्गत विभिन्न विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममालाई सम्बोधन मन्त्री श्रीपालीले सातौंलाई पूरा गर्ने अभिभारा सबैको काँधमा भएको बताउदै ठोस् रुपमा छलफल गरी काम अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले टिम स्पिरिटको भावनामा अगाडि बढेर सातौंलाई सफलतापूर्वक सम्पन्न गर्न जरुरी रहेको बताए ।
फेसबुक प्रतिक्रिया