Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौं, मंसिर ६ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०७ औं बोर्ड बैठकले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको छ ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको अध्यक्षतामा सोमबार सातदोबाटोमा बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । पछिल्लो पटक सातौं राष्ट्रिय खेलकुद यहि मंसिर ८ देखि १५ गतेसम्म हुने भनिएको थियो ।
बैठकले क्षेत्रीय छनोट प्रतियोगिताको नयाँ मिति पनि तोकेको छ । क्षेत्रीय छनोट मंसिर २० देखि २८ गतेसम्म हुने भएको छ । यसअघि क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेलाई तय भएको थियो । क्षेत्रीय सकिए लगत्तै राष्ट्रियलाई छनोट भएका खेलाडीको बन्द प्रशिक्षण सुरु हुनेछ ।
सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण अधिकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई प्रदान गर्ने निर्णय भएको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । पछि बस्ने परिषद्को बोर्ड बैठकले निर्णयलाई अनुमोदन गर्ने गरी सदस्य–सचिव विष्टलाई अधिकार दिइएको हो ।
बैठकमा सदस्य–सचिव विष्टले पूर्वाधार, सातौंका लागि गठित विभिन्न उपसमितिलगायतका काम बारे बोर्डमा जानकारी गराएका थिए । त्यस्तै बैठकले सातौंलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण ध्यान सातौंमा केन्द्रीत गर्ने र सातौंपछि नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा लाग्ने निर्णय समेत गरेको छ ।
बैठकमा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल, सह–सचिव चूडामणि पौडेल, बोर्ड सदस्यहरु, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464