सातौं राष्ट्रिय खेलकुदमा ४४४५ खेलाडी

काठमाडौं, भदौ ५ गते ।
सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन् । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णयक गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन् ।
जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुनेछन् । प्रत्यक्षतर्फ खेलाडी संख्या जम्मा १ हजार ५ सय ४५ रहेको छ ।
त्यस्तै ३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधि राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ ।
बैठकले विभिन्न जिल्लामा खेलस्थल पनि निर्धारण गरेको छ । सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ ।
सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ । कांस्य पदक ४ सय ५७ छ ।
बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । त्यस्तै सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ ।
राखेपले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । सातौंअन्तर्गत पौडी, ट्रायथलन, शारीरिक सुगठन र एथलेटिक्सको म्याराथन सम्पन्न भइसकेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373