सातौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ सम्म

काठमाडौं, साउन २ गते ।
दुईपटक मिति घोषणा भएपनि बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो ।
राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
यसअघि पहिलो पटक सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोश्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।
त्यस्तै बैठकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२ औं सागको समापनका अवसरमा नेपाललाई १३ औं साग आयोजनाका लागि झण्डा हस्तान्तरण गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373