सान फुटबल टोली कोरिया प्रस्थान
मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टिम बुधबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।
कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडी फाउन्डेसनकै दुई टिमसंग मैत्रीपूर्ण फुटबल खेल्न त्यसतर्फ प्रस्थान गरेको हो । टोली १३ खेलाडीसहित १७ सदस्यीय रहेको छ ।
खेलाडीहरुमा मन्दिप गुरुङ (कप्तान), बर्दान बस्नेत, ओजश पोखरेल, यश मग्राती, सुयोग कुँवर, मिराज वज्राचार्य, कृपल गिरी, आयुश न्यौपाने, ग्लोरियस राई, आभाष मरहठ्ठा, आभूषणराज शाही, आर्यन राजभण्डारी र आभाष विष्ट रहेका छन् ।
अफिसियलमा लोकेन्द्र आचार्य र दीपकराज शाही, टिम व्यवस्थापकमा अनन्ता खनाल तथा मेडिकलमा गिता पुन छन् । कोरियामा खेलकुद सम्बन्धी विभिन्नि कार्यक्रम आदान–प्रदान सम्बन्धमा सान र फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर पनि हुने बताइएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे । टोली नोभेम्बर २४ तारिख स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
फेसबुक प्रतिक्रिया