साम्बो टोलीको बिदाइ
भियतनामको दानाङमा जारी पाँचौं एसियाली बिच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार बिदाइ गरियो ।
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षामा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिदै बिदाइ गरे ।
सेप्टेम्बर २८ देखि अक्टोबर ३ तारिखसम्म हुने साम्बोको पुरुष ६२ केजीमुनि हिमप्रभ खत्री र कृष्णलाल तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ६४ केजीमुनि अस्मिला छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । टिम व्यवस्थापकमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष पुरुषोत्तम सिम्खडा छन् ।
टोली मंगलबार दानाङ प्रस्थान गर्दैछ । थाइल्यान्डको फुकेटमा भएको चौथो संस्करणको उक्त गेम्समा नेपालले साम्बोमा कांस्य जितेको थियो । त्यसबेल भगवती माझीले नेपाललाई कांस्य दिलाएकी थिइन् ।
फेसबुक प्रतिक्रिया