साम्बो टोली बुल्गेरियातर्फ

तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ ।
नोभेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा समान १ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष राजकुमार श्रेष्ठ रहेका छन् । नेपालले नियमित विश्व च्याम्पियनसिपमा सहभागिता जनाइरहेको फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309