सिएम रिजेन्द्रको एकल अग्रता

क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले ललितपुरमा जारी सिवानी एअर रेटिङ चेस प्रतियोगितामा एकल अग्रता कायम गर्न सफल भएका छन् । प्रतियोगिताको तेश्रो दिन मंगलबार पाँचौं, छैटौं तथा सातौं चरणका खेल सञ्चालन भए । पाँचौं चरणमा झापाका प्रकाश नेपालमाथि जित हात पार्न सफल रिजेन्द्रले छैटौं चरणमा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई हराए । सातौं चरणमा काठमाडौका सुमन लामासँग बराबरीमा रोकिएका रिजेन्द्रको ७ खेलबाट ६ अंक भएको छ ।
काठमाण्डौका भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, कैलालीका दिर्घराज जोशी, सुमन लामा तथा चितवनका सुमित पन्त समान ५ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहन सफल भए । पाँचौं चरणमा पूर्व राष्ट्रिय विजेता नविन तण्डुकारसँग बराबरी नतिजा निकालेका राजेन्द्रले छैटौं तथा सातौंमा क्रमशः दोलखाका आशिष फुँयाल र झापाका अविरल राईलाई हराए । त्यसैगरी गणेशमानले पाचौं चरणमा सुमित पन्तलाई पराजित गरे भने सातौंमा दिर्घराजसँग बराबरी खेले । दिर्घराजले पाँचौं तथा छैटौं चरणमा ललितपुरका संजय महर्जन र रविन्द्र शाक्यमाथि जित हात पारे । पाँचौंमा काठमाडाका विवेक श्रेष्ठलाई हराएका सुमन लामाले छैटौंमा भोजपुरका सुमन राईलाई हराए । छैटौं चरणमा कमल श्रेष्ठमाथि जीत हात पार्न सफल सुमितले सातौं चरणमा फिडेमास्टर सुजेन्द्रप्रसादश्रेष्ठसँग बराबरीमा खेल टुंग्याए ।
फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, झापाका प्रकाश नेपाल, कमल श्रेष्ठ, भक्तपुरका विजय जाती, अन्नपूर्ण माविका मिलन लामा र ताप्लेजुङका भवानी लिम्बु समान ५ अंकमा रहेका छन् । त्यसैगरी झापाका अविरल राई, रविन्द्र शाक्य, सुमन राई, नविन तण्डुकार, आशिष फुँयाल, मोहम्मद अदनम अदिल, सप्तरीका नविन कुमार चौधरी र ललितपुरका उपेन्द्र देसारको समान ४ दशमलब ५ अंक रहेको छ ।
जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा प्रयागपोखरी ललितपुरमा जारी प्रतियोगिता अन्र्तगत बुधबार आठौं तथा नवौं चरणका खेल सञ्चालन हुनेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373