सिन क्योकुसिनमा खड्का

नेपाल सिन क्योकुसिन कराते संघको दोश्रो साधारण सभाले श्याम खड्काको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षद्वयमा कुमार श्रेष्ठ र रामबहादुर बमजम, महासचिवमा सूर्यबहादुर बुढाथोकी, सचिवमा अजय महर्जन तथा कोषाध्यक्षमा प्रदीप थापा रहेका छन् ।
त्यस्तै जयमान घिसिङ, विनिता फुयाल, अनिशा लामा, धनञ्जय मिश्र, अशोक लामा, नरेश तण्डुकार तथा लक्ष्मण तामाङ सदस्यमा चयन भए ।
साधारणसभापछि बसेको पहिलो बैठकले रामहरि आले मगर, किशोर श्रेष्ठ र राजकुमार महतोलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । साधारणसभाको कृषि विकास राज्यमन्त्री राधिका तामाङले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309