सीतालाई कांस्य

पोल्यान्डको वार्सोमा सम्पन्न पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कांस्य पदक जितेकी छन् ।
के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि सीताले कांस्य जितेको टोली व्यवस्थापक दीपक विष्टले जनाएका छन् । पहिलो खेलमा रुसकी अब्दुलोभा सेभिललाई १२–१ अंकअन्तरले पराजित गर्दै सीता सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा पनि सीताले रुसकै खेलाडीलाई प्रतिद्वन्द्वीका रुपमा पाएकी थिइन् । सीता रमाजानोभा अयशतसंग १–६ ले पछि परिन् ।
के ४४ क्याटगोरीअन्तर्गत नै महिला ४०–५० केजीमा नेपालको चुनौती प्रस्तुत गरेकी रञ्जना धामी उज्वेकिस्तानकी इशाकोभा जियोडाखोनसंग सडन डेथमा पराजित भइन् । टिम प्रशिक्षकमा कल्याण कुँवर छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420