सुटिङ : नारायणसिंह अग्रस्थानमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन शनिबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा आर्मीका नारायणसिंह दोङले ६००.५ अंक जोडेका छन् । प्रहरीका धनबहादुर विकले ५८६.१ तथा लुम्बिनीका अर्नव घिमिरेले ५७८.४ अंक बटुले ।
उक्त स्पर्धाको महिलामा बागमतीकी सुस्मिता नेपालले ६१३.५, आर्मीकी सिल्शा भण्डारी रायमाझीले ६१०.२ र मधेश प्रदेशकी निशा तामाङले ५९३ अंक बटुले ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा बागमतीका कुँवेर केसीले ५४६, आर्मीका खेमराज ओलीले ५२८ र प्रहरीका अनिल ठकुरीले ५०१ अंक जोडे । सोही स्पर्धाको महिलामा आर्मीकी ज्योतिका दाहालले ५५५, लुम्बिनीकी कृष्णा थापाले ५४७ र बागमतीकी सविता बस्नेतले ५२९ अंक बटुले ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373